अन्नपूर्ण गाउँपालिकामा सर्वोकृष्ट अङ्क सहित कक्षा १२ उत्तिर्ण अनिता घान्द्रुकमा सम्मानित
काठमाडाैं | असोज १२, २०८०
पोखरा: मेश्रोम बराह माविकी विद्यार्थी अनिता जैसीले कक्षा १२ को परीक्षामा अन्नपूर्ण गाउँपालिकाबाट सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भएपछि घान्द्रुकमा सम्मानित भएकी छिन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित मेश्रोम बराह माविबाट अनिताले कमर्स (म्यानेजमेन्ट) विषयमा गाउँपालिका भित्र नै सर्वोकृष्ट अङ्क लिएर पास भएपछि विद्यालयले नगदसहित सम्मान गरेको छ ।
विद्यालयले अनितालाई नगद १२ हजारसहित सम्मानपत्रले सम्मान गरेको मेश्रोम बराह माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिण गुरुङले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष लिएको कक्षा १२ को परीक्षामा अनिताले ३.३८ जिपीए लिएर गाउँपालिका टप गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयबाट सहभागी भएका विद्यार्थीहरुले गाउँपालिका सर्वोकृष्ट अङ्क लिएर पास भए चार विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेका छन् ।
उनले मेश्रोम विद्यालयबाट कक्षा ५, ८, १० र १२ को वार्षिक परीक्षामा गाउँपालिका भित्र सर्वोकृष्ट अङ्कसहित उत्तिर्ण भए क्रमशः ५, ८, १० र १२ सहित पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
अध्यक्ष गुरुङले उत्कृष्ट अङ्क लिएर पास गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गर्दा अध्ययनमा रुची बढेर जाने विश्वास गरे ।
कार्यक्रममा सम्मानित अनिता जैसीले गाउँकै विद्यालयमा अध्ययन गरेर गाउँपालिकामा नै उत्कृष्ट अङ्क लिएर पास हुँदा खुशी व्यक्त गरिन् ।
गतवर्ष कक्षा १२ को वार्षिक परीक्षामा मेश्रोम बराहबाट ३३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । जसमा अनिताले गाउँपालिका भित्र नै उत्कृष्ट अङ्क लिएर उत्तिर्ण भएकी हुन् ।
सोही अवसरमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले स्वागत गरेका छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले सांगितिक कार्यक्रम समेत आयोजना गरेका थिए ।
कार्यक्रम कक्षा १२ का विद्यार्थी लक्ष्मी ल्वाइगुनको अध्यक्षता, प्रमिला क्षेत्रीको स्वागत र विद्यार्थी राजेश गुरुङ, स्वेता विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
बैतडीः आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

